दफा ४९
कार्यक्रम सञ्चालन गर्न सकिने
(१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह वा सो अन्तर्गतका निकायले पारस्परिक समन्वय गरी “ग्रामीण तथा शहरी बस्तीलाई स्वच्छ, सफा र सुन्दर बनाई /राख्न स्वास्थ्य तथा सरसफाइ सम्बन्धी तोकिए बमोजिमका :कार्यक्रम तथा अभियान सञ्चालन गर्न वा गराउन सक्नेछन्‌

(२) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले

जनतालाई खानेपानी उपलव्ध गराउनको लागि सतह तथा जमिन मुनिको पानीको स्रोत पर्याप्त नभएको क्षेत्रमा आकाशे पानी सङ्कलन गर्ने तथा अन्य उपयुक्त प्रविधि वा प्रणाली निर्माणका लागि: तोकिए बमोजिम आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछ ।